अर्थ फोटो २०२१ को विजेता घोषणा (तस्विरहरु) – Nepal Press

अर्थ फोटो २०२१ को विजेता घोषणा (तस्विरहरु)

काठमाडौं । शिक्षा प्राप्तीको माध्यमबाट जीवन समृद्ध तुल्याएको एउटा इथियोपियाली परिवारको कथा पेश गर्ने फोटो यसवर्षको अर्थ फोटो प्रतिस्पर्धामा उत्कृष्ट तस्विर घोषित भएको छ ।

रोजी हलामले खिचेका यी तस्विरहरुलाई शिक्षा अधिकार शीर्षकमा राखिएको छ । फोटोमा सेलामअ, उनकी आमा मेसलेच र उनका बाबु मार्कोलाई चित्रण गरिएको छ जो प्राथमिक विद्यालय जाने उमेरबाट पार भएपनि शिक्षा प्राप्तीको यात्रामा टिकिरहन्छन् ।

प्रतिस्पर्धाको द पिपल अर्थात मानिसहरु विधाको पुरस्कार पनि यही शिक्षा प्राप्त श्रृंखलाले जितेको छ । फरेस्ट्री इङ्ल्यान्ड र द रोयल जोग्राफिकल सोसाइटीले मनोनित ५५ वटा फोटो र चारवटा फिल्मबाट ६ विधाका विजेता छनौट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर