सामसुङ कम्पनीका मालिकलाई जेलबाट रिहा गर्न अदालतको आदेश – Nepal Press

सामसुङ कम्पनीका मालिकलाई जेलबाट रिहा गर्न अदालतको आदेश

अर्थतन्त्र र कोभिडलाई हेरेर रिहा गरिएको अदालतको फैसला

सोल । दक्षिण कोरियाली मोबाइल निर्माता कम्पनी सामसुङका मालिक ली जे योङ २०७ दिनको जेल बसाईपछि शुक्रबार रिहा भएका छन् । गत जनवरीमा उनलाई घुस लिएको र आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

उनका हजुरबुबाले स्थापना गरेको सामसुङ ब्रान्ड सन् २०१४ देखि ली ले चलाउँदै आएका थिए । त्यसयता उनी सामसुङको कार्यकारी ओहोदमा रहँदै आएका छन् । रिहा भएपछि पत्रकारहरुसँग उनले भने, ‘मैले जनताको बारेमा सोचेको छु । उच्च अपेक्षा राख्दै कडा मेहेनत गर्नेछु, म माफी माग्न चाहान्छु ।

अदालतले मुलुकको अर्थतन्त्र र विश्वमा भएको माहामारीका कारण रिहा गरिएको बताएको छ । राष्ट्रपति मुन जे इनले विज्ञप्ती जारी गर्दै ​उनको रिहा राष्ट्रको हितको लागि भएको भनिएको छ । उनलाई अनुसन्धानको घेराभित्र राखेर अदालतले रिहा गरेको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर