कीर्तिमानी मूल्यमा चेल्सी फर्किए लुकाकु – Nepal Press

कीर्तिमानी मूल्यमा चेल्सी फर्किए लुकाकु

एजेन्सी । इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्व स्ट्राइकर रोमेलु लुकाकुलाई इटलीको इन्टर मिलानबाट क्लब कीर्तिमान ९७.५ मिलियन पाउण्डमा पुनः अनुबन्ध गरेको छ ।

२८ वर्षीय बेल्जियन स्ट्राइकर लुकाकुले स्टाम्फोर्ड ब्रिज फर्कँदै गर्दा पाँच वर्षको सम्झौता गरेका छन् । सन् २०१४ मा चेल्सीले २८ मिलियन पाउण्डमा एभर्टनलाई बेचेको थियो ।

यो मूल्य प्रिमियर लिगकै कीर्तिमानी ट्रान्सफरभन्दा थोरै कम हो । यसै सिजन म्यानचेस्टर सिटीले कीर्तिमानी १ सय मिलियन पाउण्डमा ज्याक ग्रेलिसलाई अनुबन्ध गरेको थियो ।

‘म यहाँ पहिलोचोटी आउँदा बच्चाजस्तै थिएँ । अहिले धेरै अनुभवी र लायक बनेर फर्किएको छु,’ लुकाकुले भनेका छन्, ‘मैले बच्चा बेलादेखि नै चेल्सीलाई समर्थन गरेँ । अहिले सोही क्लबको सफलतामा सहयोग गर्न पाउँदै छु । यसले अतिरिक्त उत्साह थपेको छ ।’

१० वर्षअघि यही महिना लुकाकु १८ वर्षको उमेरमा घरेलु क्लब एण्डरलेक्बाट चेल्सी पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *