सिन्धुपाल्चोकका बाढीपहिरोपीडित खुमलटारमा, सरकारलाई घच्घच्याउने प्रचण्डको आश्वासन – Nepal Press

सिन्धुपाल्चोकका बाढीपहिरोपीडित खुमलटारमा, सरकारलाई घच्घच्याउने प्रचण्डको आश्वासन

काठमाडौं । सिन्धुपाल्चोको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपहिरोपीडितले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राहत तथा क्षतिपूर्तिका लागि ध्यानाकर्षण गराएका छन्।

सिन्धुपाल्चोकका सर्वदलीय प्रतिनिधि सम्मिलित प्रतिनिधि मण्डलले सत्तारुढ गठबन्धनका नेतासमेत रहेका प्रचण्डलाई भेटी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका हुन् ।

प्रचण्डले बाढीपहिरोपीडितका समस्या समाधान गर्न आफू र पार्टीको तर्फबाट तत्परता र गम्भीरताका साथ लाग्ने प्रतिबद्धता जनाए । मेलम्ची र हेलम्बुका बाढीपीडितको राहतका लागि सरकारलाई घच्घच्याउने उनको आश्वासन थियो ।

‘देशमा बढेको प्राकृतिक प्रकोपहरूको सम्बन्ध विश्वव्यापी रूपमा विकासको मोडलमा खोज्नु पर्ने भएको छ,’ प्रचण्डको भनाइ छ, ‘ हामीले पनि आफ्नो आन्तरिक अध्ययन र त्यसअनुसारको व्यवस्थापन गर्न जरुरी छ । तर, यो समस्या हाम्रो मात्रै होइन ।’

विश्वव्यापी समस्याका रूपमा देखापरेको बाढीपहिरो, आँधीलगायतका प्राकृतिक समस्याहरूको कारण खोज्नु पर्ने प्रचण्डको धारणा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *