जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्रै आत्महत्या – Nepal Press

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्रै आत्महत्या

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा आज विहान एक थुनुवाले आत्महत्या गरेका छन् ।

धनुषा प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार लक्ष्मीनिaयाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले आत्महत्या गरेका हुन् । उनी कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका थिए ।

थुनुवा रबिदासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेशनमा झुण्डिएको डिएसपी मिश्रले जानकारी दिए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *