क्रियाशील सदस्यता विवाद : कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना (तस्बिरहरू) – Nepal Press

क्रियाशील सदस्यता विवाद : कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ ।

नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् ।
पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै सानेपामा धर्ना बस्नेमा पूर्वसभासदद्वय रामअयोध्या प्रसाद यादव, लालबाबु सिंह, नेविसंघ पूर्वसहमहामन्त्री राजेश रौनियारसहित बाराका विभिन्न वडाका बुथ सभापतिहरू छन् ।

उनीहरुले ६ बुँदे माग राखेका छन् । ‘पार्टीको वडा कार्यसमितिले विधानअनुसार सिफारिस गरेभन्दा बाहेकका सदस्यता जुन विधानविपरीत आएको छ, त्यसलाई खारेज गर्नुपर्छ । जालसाजी गरेर थपिएका क्रियाशील खारेज नभएसम्म धर्ना जारी रहन्छ’, बाराका महाधिवेशन प्रतिनिधिसमेत रहेका युवा नेता राजेश रौनियारले भने ।

धर्नामा बसेका नेता कार्यकर्ताले पार्टीको विधान अनुसार वडा र क्षेत्रको बैठकबाट पारित नभई मनपरी ढंगले क्रियाशील सदस्यता बाँड्ने काम भएको आरोप लगाएका छन् । उनीहरुले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिइएकोले आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर