कोपा अमेरिका: ब्राजिल र इक्‍वेडरले बराबरी खेले, भेनेजुएला बाहिरियो – Nepal Press

कोपा अमेरिका: ब्राजिल र इक्‍वेडरले बराबरी खेले, भेनेजुएला बाहिरियो

काठमाडौं । कोपा अमेरिका २०२१ को समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा साविक विजेता ब्राजिलले इक्‍वेडरसँग १-१ गोलको बराबरी खेलेको छ ।

घरेलु मैदानमा भएको खेलको ३७औं मिनेटमा एडर मिलाटो गरेको गोलसँगै ब्राजिलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको इक्‍वेडरका लागि ५३औं मिनेटमा सब्स्टिच्युट खेलाडी एन्जल मेनाले बराबरी गोल फर्काएका थिए ।

बाँकी समयमा दुवैतर्फबाट गोलका लागि निरन्तर प्रयास भए पनि फिनिसिङमा चुक्दा खेल १-१ गोलको बराबरीमा टुङ्गिएको हो ।

यस्तै समूह चरणको अन्तिम खेलमा पेरुसँग १-० गोलको नतिजामा पराजित भएसँगै भेनेजुएला समूह चरणबाटै बाहिरिएको छ ।

सोमबार बिहान ब्रासिलियामा भएको खेलमा पेरुलाई विजयी बनाउन एन्द्रे क्यारिलो एक मात्र गोल गरे ।

यसअघि नै समूह बीबाट ब्राजिल पेरु, कोलम्बिया र इक्‍वेडर क्‍वार्टरफाइनलमा पुगिसकेका छन् भने भेनेजुएला बाहिरिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर