ईदको अवसरमा सार्वजनिक बिदा – Nepal Press

ईदको अवसरमा सार्वजनिक बिदा

बिराटनगर । प्रदेश १ सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिने जनाएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा प्रदेश सरकारको बर्षभरिको सार्वजनिक बिदाको सूचीमा ईद (इदुल्ल फित्र) पनि रहेकोमा उक्त पर्व बैशाख ३१ गते शुक्रबार पर्ने भएको उल्लेख छ ।

सूचनामा बिदाको दिन प्रदेशभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु बन्द रहने व्यहोरा सबैको जानकारीको लागि अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर