भोजपुर र तेह्रथुममा चट्याङ लागेर २ जनाको मृत्यु – Nepal Press

भोजपुर र तेह्रथुममा चट्याङ लागेर २ जनाको मृत्यु

विराटनगर। गएराति हावाहुरी सहितको वर्षाका क्रममा पूर्वी पहाडी जिल्ला भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेकी ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बिहीबार बेलुका ७ बजे रोहिता आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल लाने तयारी हुँदै गर्दा राती ११ बजेतिर घरमै मृत्यु भएको हो ।

भोजपुरकी मनमायाको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको हो ।

मनमायापनि विहीबार बेलुका ६ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङबाट बेहोस भइ लडदा टाउकोमा चोट लागेर घाईते भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *