पत्रकार महासंघको ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मत परिणाम सार्वजनिक (सूचीसहित) – Nepal Press

पत्रकार महासंघको ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मत परिणाम सार्वजनिक (सूचीसहित)

अध्यक्षमा विपुल पोखरेल १९१६ मतले अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले १ हजार ९ सय १६ मतले अग्रता लिएका छन् । पोखरेलको ४ हजार ४ सय ४६ मत आउँदा प्रतिस्पर्धी निर्मला शर्माले २ हजार ५ सय ३० मत प्राप्त गरेकी छन् ।

अध्यक्षका अन्य प्रत्यासी गजेन्द्रसिंह बुढाथोकीले २ सय ८७ मत ल्याउँदा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका रामप्रसाद दाहालको ७२ मत आएको छ । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा कलेन्द्र सेजुवालको अग्रता कायम छ ।

जारी मतगणनामा केन्द्रीय समितिको पदाधिकारी र खुलातर्फका सबै पदमा पोखरेल नेतृत्वको प्यानलका उम्मेदवारले अग्रता हासिल गरेका छन् । पछिल्लो मत परिणाम हेर्नुहोस् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर