संसदमा माओवादी केन्द्रको आशंका- कतै ब्युँतिएको प्रतिनिधिससभा फेरि विघटन गर्न खोजिएको त छैन ? – Nepal Press

संसदमा माओवादी केन्द्रको आशंका- कतै ब्युँतिएको प्रतिनिधिससभा फेरि विघटन गर्न खोजिएको त छैन ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काम नदिएर सरकारले फेरि संसद विघटन गर्न खोजेको भन्दै सरकारप्रति प्रश्न उठाएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादी सांसद देवेन्द्र पौडेलले संसद विघटन गर्ने आफ्नो कदम सही सावित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो गर्न सक्ने संकेत गरे।

उनले भने, ‘कतै फेरि ब्युँतिएको प्रतिनिधिससभालाई विघटन गर्नका लागि सरकारले बिजेनस नदिएर, काम कदारबाही नदिएर सरकारले हिजो गरेका निर्णयहरुलाई वर्तमानमा पुष्टि गर्नको निम्ति संसदको आवश्यकता छैन भनेर निस्क्रिय पार्ने काम कतैबाट पनि नहोस्।’

राजनीतिक समस्या भए दलहरूसँग परामर्श गरेर संसद अगाडि बढाउनुपर्ने माग उनले गरे। ‘म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहान्छ यो संसदलाई सक्रिय बनाउनुहोस्,’ उनले भने, ‘राजनीतिक दलहरूसँगको समस्या हो भने राजनीतिक दलसँग छलफल अगाडि बढाइयोस् ।’

सदनलाई निस्क्रिय बनाउने आसय सरकारले राखे त्यो लोकतन्त्र, संविधान र राजनीतिक मुल्य मान्यता विपरित हुने पौडेलको भनाइ छ।

‘यो सदनको काम छैन, यो सदनलाई निस्क्रिय बनाउँदै लैजानुपर्छ भन्ने आसय नेपाल सरकारको छ भने त्यो लोकतन्त्र विपरित, अहिलेको संविधान विपरित, राजनीतिक संस्कृतिको मुल्यमान्यता विपरित हुने छ,’ उनले भने।

दल विभाजन भएपछि प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न उठ्ने भन्दै उनले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने तर्क गरे।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर