च्याम्पियन्स लिगः रियल मड्रिडसँग हार्‍यो लिभरपुल , सिटीको कठिन जित – Nepal Press

च्याम्पियन्स लिगः रियल मड्रिडसँग हार्‍यो लिभरपुल , सिटीको कठिन जित

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा रियल मड्रिडले लिभरपुलमाथि ३–१ गोलअन्तरको जित हासिल गरेको छ । अर्को खेलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डमाथि २–१ को घरेलु जित निकाल्यो ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले सान्टियागो बर्नबाउमा आफ्नो टोलीले रियल मड्रिडलाई जित उपहार दिएको आरोप लगाए । यद्यपि मोहम्मद सलाहले दोस्रो हाफमा गरेको अवे गोल एनफिल्डमा पुनरागमनको सहज संकेत हुनसक्ने उनले आशय थियो ।

रियल मड्रिड ब्राजिलियन युवा स्टार भिनिसियस जुनियरले २ गोल गरेपछि रियलले घरेलु मैदानमा सानदार खेल्न सकेको हो । २० वर्ष २६८ दिनका भिनिसियस च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्न रियलका दोस्रो कान्छा खेलाडी बनेका छन् । यसअघि सन् १९९६ मा राउलले १८ वर्ष २५३ दिनमा युभेन्टसबिरुद्ध गोल गरेका थिए ।

भिनिसियसले २७ औं र मार्को एसेन्सियोले ३६ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । दोस्रो हाफ सुरुलगत्तै सलाहले गोल गरी लिभरपुललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६५ औं मिनेटमा भिनिसियसले अर्को गोल थपे ।

यता इथिहाड रंगशालामा जर्मन प्रतिद्वन्द्वी बोरुसियालाइ्र्र पराजित गर्न म्यानचेस्टर सिटीलाई किनै हम्मे पर्‍यो । बराबरीतर्फ उन्मुख खेलमा फावियो फोडेनले अन्तिम मिनेटमा गोल गरी घरेलु टोली सिटीलाई जित दिलाएका हुन् ।

यसअघि केभिन डी ब्रुयेनले १९ औं मिनेटमा गरेको गोल नै निर्णायक हुने स्थितिमा पुगेको थियो । तर ८४ औं मिनेटमा मार्कस रियुसले इर्लिङ हलान्डको पासमा गोल गरी डर्टमण्डलाई खेलमा फर्काएका थिए । रिउसको यो अवे गोल अर्को साता घरेलु मैदानमा हुने दोस्रो लेगका लागि बोरुसियालाई सन्जीवनी वूटी हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *