मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रूट्स आहा रारा गोल्ड कपको सेमिफाइनलमा – Nepal Press

मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रूट्स आहा रारा गोल्ड कपको सेमिफाइनलमा

काठमाडौं । मच्छिन्द्र क्लबलाई २-१ को नतिजामा पराजित गर्दै अफ्रिकन रूट्स एसोसिएसन आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको १९औं संस्करणको दोस्रो क्वार्टरफाइनलमा ए डिभिजन लिगको विजेता मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रूट्स प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलको २३औं मिनेटमा मौसाले गरेको गोलसँगै अफ्रिअन रूट्सले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडि रहेको रूटले दोस्रो हाफमा पुन: गोल थपेको थियो । निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा एनजिमीले गरेको गोलसँगै अफ्रिकन रूट्सले अग्रता दोब्बर पारेको थियो ।

खेलमा फर्किने निरन्तर प्रयास गरेको मच्छिन्द्रले इन्जुरी समयमा एक गोल फर्काएको थियो । सुनिल बलको पासमा मच्छिन्द्रका फरवार्ड अभिषेक रिजालले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन ।

जितसँगै सेमिफाइनलमा पुगेको अफ्रिकन रूट्सले फाइनल प्रवेशका लागि थ्री स्टार क्लब र नेपाल पुलिस क्लबको विजेतासँग मंगलबार खेल्नेछ ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १-० ले पराजित गर्दै नेपाल एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेको छ । भोलि हुने खेलमा संकटा क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

कूल ८ टोली सहभागी प्रतियोगिताको फाइनल २८ गते हुनेछ भने विजेताले १० लाख रूपैयाँ र उपविजेताले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर