नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्छ : अध्यक्ष तिमिल्सिना (भिडियो) – Nepal Press

नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्छ : अध्यक्ष तिमिल्सिना (भिडियो)

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन् । शुक्रबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रमलाइ सम्बाेधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने र हेर्ने बनाउनुपर्नेमा जोड दिए ।

सही सूचनालाई विश्वभर पु्र्‍याउने काममा पत्रकारको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए । कमी कमजोरीलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिए । उनले भने, ‘सही सूचनालाई दुनियाँभर पुर्‍याउने काममा पनि यहाँहरूको भूमिका हुनुपर्छ । अझै त्यो बढ्दै जाओस् र कमी कमजोरीहरूलाई सच्याएर अगाडी जाओस् भन्ने कुरा ध्यान दिएर लानुपर्ने हुन्छ । मिडियामा पनि उच्चतम नमुना दिनसक्ने देश भनेर बनाउने कुरातिर पनि यहाँहरुले सोच्नु भा छ कि ? नभए नी सोचिदिनुहोला ।’

मिडियाबाट आएका समाचारबाट पनि सांसदले आफूलाई सुधार गर्ने गरेको उहाँले बताए । संसदको गतिविधिलाई जनता समक्ष पुर्‍याउन पत्रकार तथा मिडियाको महत्वपूर्ण भूमिका रहेको पनि उनकाे भनाइ थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर