भारतको सीतामढीमा भेटिएका सात बालिका-किशोरीलाई आजै घर फर्काउन प्रक्रिया शुरू – Nepal Press

भारतको सीतामढीमा भेटिएका सात बालिका-किशोरीलाई आजै घर फर्काउन प्रक्रिया शुरू

जनकपुरधाम । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका-किशोरी भारतको सीतामढीमा भेटिएको पुष्टि भएको छ । महोत्तरी भंगाहा नगरपालिका-८ धरमपुपरका उनीहरूलाई घर फर्काउन पहल शुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी इन्सपेक्टर उमाशंकरप्रसाद साहको टोली उनीहरूलाई लिन सितामढीतर्फ हिँडेका छन् । आजै दिउँसो २ बजेसम्ममा महोत्तरी ल्याइपुर्‍याइने प्रहरीले अधिकारीले बताएका छन् ।

ती बालिका तथा किशोरीको परिचय खुल्ने कागजात लिएर सितामढी प्रहरीलाई बुझाएपछिमात्र नेपाल प्रहरीसमक्ष बुझाउन प्रक्रिया थालिने छ ।

महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका ५ बालिका र २ किशोरी बेपत्ता भएका थिए । उनीहरू मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका थिए । उनीहरू के कसरी भारत पुगे भन्ने भेट भएपछि मात्र थाहा लाग्ने बताइएको छ ।

भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार उनीहरू ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हुन् ।

बालिका-किशोरी बेपत्ता भएपछि भंगहामा सन्नाटा छाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर