महोत्तरीमा बालिका-किशोरी बेपत्ता, छोरीहरु हराएपछि धरमपुरमा सन्नाटा – Nepal Press

महोत्तरीमा बालिका-किशोरी बेपत्ता, छोरीहरु हराएपछि धरमपुरमा सन्नाटा

महोत्तरी । मंगलबार दिउँसोदेखि गाउँका सात बालिका-किशोरीहरु सम्पर्कविहीन भएपछि महोत्तरीको धरमपुर गाउँमा सन्नाटा छाएको छ ।

करिव २४ घण्टादेखि सम्पर्कमा नरहेका बालिका–किशोरीका अभिभावक स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनलाई खोजी गरिदिन याचना गरिरहेका छन् । प्रहरीले जसरी पनि खोजेर ल्याइदिने आश्वासन दिएका छन् ।

बुधबार विहानै धरमपुर पुगेका महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले वालिकाका अभिभावकलाई भेटेर आश्वासन दिएका थिए ।

भंगाहा नगरपालिका ८ धरमपुरका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका हुन् ।

हिजो बिहान ११ बजेतिर उनीहरु नजिकैको खेतमा घाँस काट्नका लागि गएका थिए । अवेरसम्म नफर्किएपछि परिवार र गाउँले मिलेर खोजी गरेका थिए । प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिसहितको संग्लग्नतामा भएको खोजीकार्य निस्फल भएको छ ।

यता भारतकाे सितामढीमा सातजना बालिका भेटिएकाे खवर आएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहकाे टाेली पहिचानका लागि सितामढी प्रस्थान गरेकाे छ । भंगाहा नगरपालिका प्रमुख सन्जीव यादवले भेटिएकाहरु धरमपुरबाट हराएका वालिका-किशाेरीहरु नै रहेकाे दावी गरे पनि पुष्टि भएकाे छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर