एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाने, नेकपामै फर्काउन माग – Nepal Press
माओवादी स्थायी कमिटी बैठक

एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाने, नेकपामै फर्काउन माग

काठमाडौं । नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलकोनमा जाने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटी बैठकले एमाले र मा‌ओवादी केन्द्र ब्युँताउने फागुन २३ को अदालतको फैसलाको पुनरावलोकन गरी नेकपामै फर्काउन माग गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय कमिटी बैठकले पनि पुनरावलोकनमा जाने यसअघि नै निर्णय गरिसकेको छ ।

मंगलबार बिहान शीर्ष नेतृत्वले पुनरावलोकनमा जाने विषयमा कानून व्यवसायीहरूसँग छलफल गरेको थियो ।

कानून व्यवसायीहरूले सुझाव अनुसार चाँडै पुनरावलोकनमा जाने प्रमुख सचेतक देव गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर