२०७८ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित) – Nepal Press

२०७८ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)

काठमाडौँ । सरकारले २०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। गृह मन्त्रालयले २०७८ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित गर्दै बिदाको सूची सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयले प्रकाशित गरेकाे सूचीमा ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न दिवस बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा लगायत रहेका छन् । राजपत्रमा प्रकाशित सूचीमा बैशाख एक गतेदेखि १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि पाँच बजेसम्म तोकिएको छ ।

यस्तै सरकारी कार्यालय समय कात्तिक १६ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको छ । सूचीमा कार्यालयको सेवा प्रवाहमा बाधा नपर्ने गरी आलोपालो मिलाई सम्बन्धित कार्यालयले आधा घण्टाको समय खाजा खानका लागि तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *