यी हुन् ११ वटा भन्दा बढी बैठकमा गयल हुने सांसद – Nepal Press

यी हुन् ११ वटा भन्दा बढी बैठकमा गयल हुने सांसद

काठमाडौं । पुनःस्थापनाअघिको प्रतिनिधिसभा बैठकमा ११ पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरुको नाम लिस्ट पूर्ण बैठकमा सार्वजनिक भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सदनमा अनुपस्थित हुने सांसदहर”को सूची पेश गरेपछि बैठकले स्वीकृत गरेको छ ।

प्रतिनिधिसभा बैठकमा सबैभन्दा बढी २५ पटक बैठकमा अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार यादव छन् । उनले अनुपस्थितिको कारण पेश गरेका छैनन् ।

त्यस्तै बिरामी भएर २१ पटक उपस्थित हुन नसकेका कांग्रेस सांसद सूर्यवहादुर केसीको निधन भइसकेको छ । एमाले सांसद नविना लामा १९ वटा वैठकमा अनुपस्थित भएकी छन् ।

लामा स्वास्थ्य उपचारका लागि दिल्लीमा थिइन् । उनले अनुपस्थित हुनुको लिखित कारणसमेत पेश गरेको संसद सचिवालयले जनाएको छ ।

एमालेकै सांसद कलिला खान १७ वटा बैठकमा अनुपस्थित देखिएकी छन् भने कांग्रेसकी महेन्द्र लिम्बु १५ पटक, माओवादी सांसद यशोदा सुवेदी १४ वटा बैठकमा अनुपस्थित छन् ।

त्यस्तै सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना ११ वटा बैठकमा अनुपस्थित भएका छन् भने माओवादीका सुरेशचन्द्र दास १३ वटा वैठक र जसपाकी निर्जला राउत १४ वटा र रुही नाज ११ बैठकमा अनुपस्थित देखिएका छन् ।

एमालेकै सांसद केदार सिग्देल पनि ११ बैठकमा अनुपस्थित देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर