काठमाडौं महानगरका वडा सचिव चार लाख घुस रकमसहित पक्राउ

२०७७ चैत ५ गते २१:१५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका एकजना वडा सचिवलाई ४ लाख घुस रकमसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको हाे ।
सचिव पोखरेललाई आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट पक्राउ गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद रिसालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । उनका अनुसार पाेखरेलले निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर घुस मागेका थिए । घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर