पाँच सहसचिव र दुई उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

पाँच सहसचिव र दुई उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । सरकारले पाँच सहसचिव र दुइ उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको बढुवा समितिको बैठकले सहसचिवमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा र उपसचिवमा कार्यक्षमताको आधारमा बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

बढुवा समितिको सचिवालय समेत रहेकाे मन्त्रालयको बढुवा शाखाका अनुसार ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङनका आधारमा सहसचिवमा बढुवा हुनेमा नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह र सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहमा दुइ-दुइ जना र नेपाल इन्जिनियरिङ समूह, हाइवेको एक जना रहेका छन् ।


सचिवालयका अनुसार कार्यक्षमताको आधारमा उपसचिव बढुवा हुनेमा नेपाल शिक्षा सेवा अन्तरगत पुरातत्व समूहमा एक जना रहेका छन् ।

 

कार्यक्षमताकै आधारमा उपसचिवमा नेपाल विविध सेवा अन्तरगत प्रमुख महिला विकास अधिकृतमा पनि एक जना बढुवा भएका छन् ।

समितिले सिफारिस गरेपछि बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना जारी गरिसकेको छ । कसैले उजुरी नगरे उनिहरुको नाम ३५ दिनपछि मन्त्रिपरिषदमा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानबिन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर