धारणा बनाउन जसपा संसदीय दलको बैठक जारी – Nepal Press

धारणा बनाउन जसपा संसदीय दलको बैठक जारी

काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा बनाउन जनता समाजपादी पार्टी नेपालको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

सिहंदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा पार्टीका एजेण्डा कार्यान्वयन, सम्भावित सत्ता समीकरण र संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल हुने बताइएको छ ।

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसंगै सहकार्य गर्ने वा कांग्रेस–माओवादीसंग सहकार्य गर्ने भन्नेमा शीर्ष तहमै मतान्तर रहेको छ । संसदीय दलको बैठकले मात्रै नभई पार्टीको कार्यकारिणी बैठकले समग्र विषयमा ठोस निर्णय लिने जसपा नेता केशव झाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर