संसद सचिवालयले भन्यो- नेकपा विभाजनको पत्र आएको छैन, सबै सांसद सत्तापक्षमै बस्छन् (भिडियो) – Nepal Press

संसद सचिवालयले भन्यो- नेकपा विभाजनको पत्र आएको छैन, सबै सांसद सत्तापक्षमै बस्छन् (भिडियो)

काठमाडौं । संघीय संसद सचिवालयले सत्तारुढ नेकपा विभाजन भएको औपचारिक पत्र प्राप्त नभएकाले उक्त पार्टीका सबै सांसद सत्तापक्षमै रहने प्रष्ट पारेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकारहरूसँग सिंहदरवारमा कुरा गर्दै सांसदहरुको बस्ने सिट मिलाउँदा नेकपाका सांसदहरुलाई सत्तापक्षकै लहरमा व्यवस्था गरिएको बताए ।

पाण्डेले भने, ‘नेकपाको विवादको कुरा आफ्नो ठाउँमा होला । तर, हामीलाई दल विभाजनको पत्र आएको छैन । त्यसैले सबै माननीय सदस्यहरूलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था गरिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ