घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौं हार, शीर्ष चारको लक्ष्य पनि कठिन हुँदै – Nepal Press

घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौं हार, शीर्ष चारको लक्ष्य पनि कठिन हुँदै

एजेन्सी । निकै नै खराव लयबाट गुज्रिरहेको इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले गएराति चेल्सीसँग पराजय ब्यहोरेको छ ।

प्रिमियर लिगमा लिभरपुलको यो लगातार पाँचौं घरेलु हार हो भने इतिहासमै पहिलोपल्ट लिगको शीर्ष चारभित्र पर्न संघर्ष गर्नुपर्ने स्थिति पनि आएको छ ।

पहिलो हाफको तीन मिनेटअघि मासोन माउन्टलको शानदार एकल प्रयासमा पाहुना टोलीले गोल गरेको थियो र त्यही गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । यो जितसँगै यसै जाडोमा नियुक्त भएका प्रशिक्षक थोमस टचेलको मातहतमा अविजित यात्रा १० खेलसम्म पुगेको छ ।

चेल्सी चौथो स्थानमा पुग्दा लिभरपुल सातौं स्थानमा छ । च्याम्पियन्स लिग खेल्न योग्य बन्नकै लागि लिभरपुलले बाँकी खेलहरु जित्नैपर्ने हुनसक्छ ।

लिभरपुलले गत सिजन १८ अंकको अन्तर पारेर उपाधि जितेको थियो । उनीहरु ६८ खेलसम्म घरेलु मैदानमा अपराजित थिए । गएको जनवरीमा बर्नलीसँग हारेयता उनीहरुले हारयात्रा कायम गर्न थालेका छन् र यो पाँच खेलसम्म पुगेको छ ।

डिफेण्डर एन्डी रोवर्टसनले विगतलाई हेरेर वर्तमानको आंकलन गर्न नहुने बताएका छन् । ‘पछिल्लो सिजन सकिएको धेरै भइसक्यो,’ उनले स्काइ स्पोर्टससँग भने, ‘लिभरपुल टिम पूर्ण हुनका लागि हामीसँग केहि पनि छैन । हामी तल–तल झरिरहेका छौं, पक्कै पनि धेरै नराम्रो भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर