सामाजिक सुरक्षा भत्ता वितरणको प्रतिवेदन पेश गर्न स्थानीय तहलाई परिपत्र – Nepal Press

सामाजिक सुरक्षा भत्ता वितरणको प्रतिवेदन पेश गर्न स्थानीय तहलाई परिपत्र

काठमाडौ । सरकारले सामाजिक सुरक्षा भत्ता वितरणको प्रतिवेदन पेश नगर्ने ४८ स्थानीय तहलाई तत्काल पेश गर्न परिपत्र गरेको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अनुसार स्थानीय तहलाई विनियोजन भएको सामाजिक सुरक्षा भत्ता वितरणको चौमासिक प्रतिवेदन अवधि समाप्त भएको १५ दिन भित्र विभागमा नियमित पठाउनुपर्नेमा अहिलेसम्म पनि नपठाएको भन्दै तत्काल पठाउने परिपत्र गरेको हो ।

विभागले नमूना फारमसहित परिपत्र गर्दै विवरण भरेर आर्थिक वर्ष २०७७-०७८ को प्रथम चौमासिक अवधिमा खर्च तत्काल र आगामी चौमासिक अवधी समाप्त भएको १५ दिन भित्र नियमित रुपमा पठाउने व्यवस्था गर्न पनि परिपत्रमा उल्लेख गरेको छ ।

विवरण नपठाउने स्थानीय तहमा तीन वटा महानगरपालिका र एउटा उपमहानगरपालिका पनि रहेका छन् । महानगरपालिकामा काठमाडौं, पोखरा र भरतपुर रहेका छन् भने उपमहानगरपालिकामा नेपालगञ्ज रहेको छ । यस्तै प्रतिवेदन नपठाउने नगरपालिकाको संख्या २८ रहेको छ भने गाउँपालिकाको संख्या १६ रहेको छ ।

प्रतिवेदन नपठाउने स्थानीय तहको विवरण तल उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर