मेयर्स कपको उद्घाटन खेलमा पीएम कपका फाइनलिस्ट भिड्दै – Nepal Press

मेयर्स कपको उद्घाटन खेलमा पीएम कपका फाइनलिस्ट भिड्दै

काठमाडौं । आगामी शनिबारदेखि काठमाडौंमा हुने काठमाडौं मेयर्स कपको उद्घाटन खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब भिड्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिेकट प्रतियोगिताका दुई फाइनलिस्ट २२ गते त्रिवि क्रिकेट मैदानमा पुनः आमनेसामने हुने भएका हुन् ।

तीन विभागीय एक प्रदेश र काठमाडौं महानगरपालिकाको एक टोली गरी पाँच टोली सहभागी हुने प्रतियोगिता फागुन २९ गतेसम्म मूलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रधानमन्त्री कपमा सबै सेमिफाइनलिस्ट टोलीहरू– त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस र वाग्मती प्रदेश सहभागी हुनेछन् भने बाँकी प्रदेशका खेलाडीहरूलाई समेटेर महानगरले पनि एउटा टोली तयार गरेको छ ।

आज सार्वजनिक भएको खेल तालिकाअनुसार त्रिवि क्रिक्रेट मैदानमा फाइनलसहित आठ तथा मूलपानीमा चार खेल हुनेछन् । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको समूह चरणपछि शीर्ष दुई टोलीले सोझै फाइनल खेल्ने क्यानले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *