फोनबाट लिए सय दिनमा हजारले ऋण – Nepal Press

फोनबाट लिए सय दिनमा हजारले ऋण

काठमाडौं । फोनबाट ऋण लिने सुविधाप्रति ग्राहककाे आकर्षण बढेकाे छ । नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिने सुविधा दिइरहेका छन् । नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत सय दिनमा एक हजार जनाले ऋण लिएका छन् ।

एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिले बढी लिएको एफवान सफ्टले जानकारी दिएको छ । बैंकमा खाता भएका ग्राहक र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकलाई यस्तो सुविधा दिइन्छ ।

दुई लाखसम्म ऋण सुविधा प्रदान गरिरहेका बैंकले मोबाईल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंक सम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झञ्झट नहुने बैंकले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर