भागरथी र निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन – Nepal Press

भागरथी र निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

काठमाठौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल (क्रान्तिकारी) ले बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई कारवाहीको माग गर्दै नेपालगञ्जमा बिरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समितिको आयोजनामा निर्मला पन्त, भागरथी भट्ट र सम्झना विकलगायतको बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै बाँकेको नेपालगञ्जमा प्रदर्शन भएको हो ।

जुलुसमा ४ हजार भन्दा बढी विद्यार्थी सहभागि भएका संगठनका भेरी कर्णाली ब्यूरो संयोजक समेत रहेका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हर्क विकले जानकारी दिए । क्रान्तिकारीका बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र मध्यपश्चिम विश्वविद्यालयका सवै इकाईका विद्यार्थी नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागि भएका थिए ।

बलात्कारी र हत्यारालाई फासीको सजाय हुनुपर्ने भन्दै प्रदर्शनमा सहभागि विद्यार्थीले नाराबाजी गर्नुका साथै सरकारलाई कानुन बनाएर फासी दिने व्यवस्था गर्न माग गरेका छन् ।

नेपालगञ्जका विभिन्न चोकमा प्रदर्शन गरेपछि जुलुश सभामा परिणत भएको थियो । उक्त सभामा विद्यार्थी संगठनका नेताले सम्बोधन गरेका छन् । सम्बोधन गर्ने सबै जसो नेताले हत्या र बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई फासीको सजाय हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर