पीएसजीका पूर्व प्रशिक्षक टचेल चेल्सीमा अनुबन्ध – Nepal Press

पीएसजीका पूर्व प्रशिक्षक टचेल चेल्सीमा अनुबन्ध

एजेन्सी । इंग्लिस क्लब चेल्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)का पूर्व प्रशिक्षक थोमस टचेललाई नयाँ प्रशिक्षकका रुपमा डेढ वर्षका लागि अनुबन्ध गरेको छ ।

पीएसजीमा रहँदा टचेलले दुईपल्ट लिग उपाधि, १–१ पल्ट फ्रेन्च कप र फ्रेन्च लिग कपको उपाधि दिलाएका थिए ।

‘म आफ्नो टिमलाई भेट्न आतूर छु र सँगसँगै फुटबलकै सबैभन्दा उत्कृष्ट लिगमा प्रतिस्पर्धा गर्न उत्साहित छु । चेल्सी परिवारको सदस्य हुन पाउँदा गर्व गर्छु,’ ४७ वर्षीय टचेलले भनेका छन् ।

प्रिमियर लिगमा पछिल्ला पाँच मध्ये एक खेलमात्र जितेपछि चेल्सीले प्रशिक्षक तथा पूर्व महान खेलाडी फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरेको थियो । लाम्पार्ड १८ महिना चेल्सीको जिम्मेबारीमा रहे ।

‘हामी सबैले लाम्पार्डलाई धेरै नै सम्मान गछौं । र चेल्सीम उनको बिरासतलाई कायम राख्दै अगाडि बढ्नेछु,’ टचेलले थपे ।

सन् २००३ मा रोमन अब्रामोबीचले चेल्सीको स्वामित्व लिएयता टचेल पूर्णकालीन प्रशिक्षकमा नियुक्त हुने टचेल ११ औं व्यक्ति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर