फिरौती रकम दिन नमानेपछि स्कटिस सरकारको डेटा ह्याकरद्वारा लिक – Nepal Press

फिरौती रकम दिन नमानेपछि स्कटिस सरकारको डेटा ह्याकरद्वारा लिक

काठमाडौं । फिरौती रकम तिर्न अस्विकार गरेपछि साइबर अपराधी गिरोह ‘र्‍यान्समवेर’का ह्याकरले स्कटल्यान्ड वातावरण सुरक्षा एजेन्सी (एसईपीए)को सर्भरबाट चोरी गरेका डेटाको वेबमा लिक गरेका छन् । स्कटल्यान्डको सरकारी नियामकको सर्भरमाथि साइबर अपराधी गिरोह ‘र्‍यान्समवेर’ले क्रिसमस इभमा आक्रमण गरेको थियो ।

सोही क्रममा ह्याकरले एसईपीएको सर्भरबाट १.२ जिबी डेटा चोरेका थिए । साइबर आक्रमण भएको एक महिना बितिसक्दा पनि एसईपीएको सर्भर प्रभावित भइरहेको छ । तर, यति हुँदा हुँदै पनि एजेन्सीले ह्याकरहरूलाई कुनै शुल्क नतिर्ने बताएको थियो ।

त्यसैको फलस्वरूप ‘र्‍यान्समवेर’ले ४ हजारभन्दा धेरै डकुमेन्ट्स, डेटाबेससँग सम्बन्धित सम्झौताहरू र कमर्सियल सेवा तथा पोलिसी पब्लिस गरेको हो । एसईपीएले पनि ४ हजार डेटा चोरी गरेर प्रकाशित गरेको पुष्टि गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *