नेपाली युवती बैअबु राईले सुरु गरिन् फेसबुक मुख्यालयमा सफ्टवेयर इन्जिनियरको जागिर – Nepal Press

नेपाली युवती बैअबु राईले सुरु गरिन् फेसबुक मुख्यालयमा सफ्टवेयर इन्जिनियरको जागिर

काठमाडौं । नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् ।

उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक हेर्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् ।

फेसबुकले सिनियर सफ्टवेयर इन्जिनियरलाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर दिने गर्छ । उदयपुरस्थित गाइघाटको लालीगुराँस आवसिय विद्यालयबाट शिक्षा थालेकी उनले काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट एसएलसी दिएकी थिइन् ।

लगत्तै उनले बेलायतको एक प्रतिष्ठित कलेजमा छात्रवृत्तिमा अध्ययन गरिन् । उनले अमेरिकाकै म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा छात्रवृत्तिमै कम्प्युटर साइन्सबाट ग्राजुएट पास गरेकी थिइन् ।

सन् २०११ को जुनदेखि अगस्टसम्म उनले माइक्रोसफ्टमा एक्सप्लोरर इन्टर्नको रुपमा अनुभव समेत लिएकी थिइन् । छोरीले फेसबुकमा जागिर सुरु गरेपछि आमा शान्त राई र बाबु म्याम्बर राईले खुशि व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर