लामो जीवन र निरोगी रहने मंत्र – Nepal Press

लामो जीवन र निरोगी रहने मंत्र

वैज्ञानिक यतिबेला आयु कसरी लामो बनाउने र स्वस्थ रहने भन्ने कुरामा अनुसन्धान गरिरहेका छन् । आफूलाई स्वस्थ राख्न केही कुरामा ध्यान दिनु जरुरी छ । ग्रीन टी, ड्राइ फुड, तरकारी र केही मिनेटको दौडमा ध्यान दिनुपर्ने हुन्छ । जान्नूस, यी कुरालाई पालना गरेर कसरी जीवनमा खुशि रहन सकिन्छ ?

ग्रीन टी पिउनेले जीवन लामो हुन्छ
डायबिटीज रिचर्स एन्ड केयर जर्नलमा अक्टोबरमा प्रकाशित एक शोधअनुसार जसलाई डायबिटीज छ र जो ग्रीन टी अथवा कफी पिउँछन्, उनीहरु उमेरभन्दा बढी समय बाँच्ने सम्भावना हुन्छ । ५ सासम्म ५००० व्यक्तिमाथि यो अनुसन्धान गरिएको हो । डायबिटिज नभएकालाई पनि ग्रीन टी लाभदायक हुने बताइएको छ । कफी र ग्रीन टीमा हुने प्लान्ट कम्पाउन्डले गर्दा शरिरको लागि राम्रो हुन्छ ।

दौडिनु लाभदायक
विश्व स्वास्थ्य संगठनले एक सातामा कम्तीमा ७५ मिनेट दौडनुलाई राम्रो मानेको छ । दौडसहित साइक्लिङ, पौडी र एरोबिक गर्न पनि सुझाइएको छ । दैनिक ३५ मिनेट जगिङ गर्न पनि भनिएको छ । ब्रिटिस जर्नल अफ मेडिसिनमा प्रकाशित एक सोधअनुसार दैनिक दौडिनु आवश्यक छ । थोरै भएपनि दौडिनुले मान्छेलाई मृत्यु हुने खतराबाट जोगाउँछ ।

दैनिक केही मात्रामा ड्राइ फुड
अक्सफोर्डको इन्टरनेसनल जर्नल अफ एपिडिमियोलोजीमा २०१५ मा छापिएको एक सोधअनुसार दैनिक बदाम, ओखर, पास्ताजस्ता ड्राइफुड खानाले मृत्युको खतरालाई कम गर्छ । यस अध्ययनअनुसार क्यान्सर, स्ट्रोक, सास र मस्तिष्कको बिरामीलाई ड्राइफुड लाभदायक हुन्छ ।

खानपानमा तरकारी लाभदायक
जर्नल अफ दी अमेरिकन हार्ट एसोसिएसनमा उल्लेख भएअनुसार रुखविरुवमा आधारित खानालाई आहारमा समेट्दा कार्डियोभास्कुलरबाट हुने मृत्युको जोखिमलाई ३२ प्रतिशतले घटाउन सकिन्छ । हावर्ड मेडिकल स्कुलका कैथरिन डी म्याकम्यान्सका अनुसार रुखविरुवामा आधारित आहारको अर्थ तरकारी र फलफूल मात्र हैन । यसमा ओखर, बिउ, तेल, होलग्रेन, बिन्स पनि पर्छन् ।


प्रतिक्रिया

One thought on “लामो जीवन र निरोगी रहने मंत्र

  1. I have to thank you for the efforts you’ve put in writing this blog.
    I really hope to check out the same high-grade content by you later
    on as well. In truth, your creative writing abilities has motivated me to get my very own site now 😉

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर