अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारको रकममा एक लाख थपेर आरोही उद्धार कोषमा दिने ल्हाक्पा सोनामको घोषणा (भिडिओ) – Nepal Press

अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारको रकममा एक लाख थपेर आरोही उद्धार कोषमा दिने ल्हाक्पा सोनामको घोषणा (भिडिओ)

काठमाडौं । प्रख्यात पर्यटन व्यवसायी तथा सेभेन समिट आरोहण गर्ने पहिलो नेपाली आरोही ल्हाक्पा सोनाम शेर्पा ७१ औँ सगरमाथा दिवसको अवसरमा अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट सम्मानित भएका छन् ।

सगरमाथा दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रममा यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार यति एयरलाइन्स तथा थामसेर्कु ट्रेकिङका संस्थापक सोनामलाई प्रदान गरिएको हो ।

५ दशकदेखि नेपालको पर्वतीय पर्यटनको विकास,विस्तार र आन्तरिक रोजगारी सिर्जनाका साथै पर्यटक भित्र्याउन गरेको योगदानको कदर स्वरूप सो पुरस्कार प्रदान गरिएको सिफारिस समितिले जनाएको छ ।

सोनामलाई पुरस्कार प्रदान गरेपछि सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोहीको हक हितको संरक्षण गर्न सरकारले अर्थ मन्त्रालयमार्फत एक कल्याणकारी कोष खडा गर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस्- यतीको सफलताको कथा : नेपाली बैंकले ऋण दिएन, जहाज बिक्रेताले पत्याएन

यसैबीच अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट सम्मानित शेर्पाले प्रधानमन्त्रीको घोषणाको स्वागत गर्दै आफूले पुरस्कारमा पाएको १ लाख रुपैयाँमा आफ्नो तर्फका एक लाख रुपैयाँ थपेर २ लाख रुपैयाँ आरोही कल्याणकारी कोषमा दिने घोषणा गरेका छन् । यसबाट कोष खडा गर्न दबाब पुग्ने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्- सोनामको चुनौती- प्रचण्ड र देउवाको पालामा प्रपर्टी लिजमा पाएका हौं, यती यती किन भन्नु रु फाइल खोले भैगो त (भिडिओ)

नेपाल प्रेससँग कुरा गर्दै शेर्पाले आरोहीको हकहित रक्षा र भर अभरका सहयोगका लागि कल्याणकारी कोष आवश्यक रहेकाले आफूबाटै सो योगदान गर्न चाहेको बताए ।

यो पनि पढ्नुहोस्- यति समूहका अध्यक्षको पहिलो अन्तर्वार्ता- हाम्रो परिवारलाई ‘भिक्टिम’ बनाइयो, अब मुख खोल्छु

शेर्पाले भने– ‘मलाई अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारका लागि छनौट गरेकोमा सिफारिस कमिटीलाई धन्यवाद छ । यो सम्मानका लागि नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यूले आरोहीको हक हितको लागि कल्याणकारी कोष खडा गर्ने जुन कुरा गर्नुभएको छ,यो एकदमै सराहनीय लागेको छ । अर्थ मन्त्रालयमार्फत खडा हुने सो कोषमा मैले पाएको एक लाख राशिको पुरस्कारमा एक लाख रुपैयाँ थपेर योगदान दिने घोषणा गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर