सवा लाख बढीले लिए १ खर्ब २९ अर्ब सहुलियतपूर्ण कर्जा, सबैभन्दा धेरै कृषिमा – Nepal Press

सवा लाख बढीले लिए १ खर्ब २९ अर्ब सहुलियतपूर्ण कर्जा, सबैभन्दा धेरै कृषिमा

काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्म १ लाख ३० हजार ८ सय ४४ जनाले १ खर्ब ४९ अर्ब ३० करोड सहुलियतपूर्ण कर्जा लिएका छन् । आर्थिक सर्वेक्षण २०८०/८१ को आर्थिक सर्वेक्षणले चालू वर्षसम्म सो कर्जा लिएको देखाएको हो ।

२०८० फागुनसम्म वाणिज्य बैंकहरुबाट १ लाख ११ हजार ६ सय ३८ जनालाई १ खर्ब २९ अर्ब ८९ करोड सहुलियतपूर्ण कर्जा प्रभाव भएको हो ।

विकास बैंकहरुबाट १७ हजार ३ सय ४८ जनालाई १७ अर्ब १४ करोड, वित्त कम्पनीको १ हजार ७ सय ७९ जनाले २ अर्ब २१ करोड र लघुवित्त वित्तीय संस्थाहरुबाट ५ करोड ११ लाख सहुलियतपूर्ण कर्जा प्रभाव भएको छ ।

२०८० फागुनसम्म प्रवाहित सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ रहेको छ । सो क्षेत्रमा १ खर्ब ७७ करोड कर्जा प्रभाव भएको छ ।

महिला उद्यमशील कर्जा अन्तर्गत महिला उद्यमीलाई ४६ अर्ब ४८ करोड कर्जा प्रभाह भएको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ अर्ब ५ करोड कर्जा लगानी भएको छ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड १९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० फागुन मसान्तसम्म १ करोड ५१ लाख रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर