एमाले महासचिवको जिकिर- कांग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ (भिडिओ) – Nepal Press

एमाले महासचिवको जिकिर- कांग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन् ।

आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले मुलुकमा अहिले राजनीतिक अन्योलको अवस्था रहेको बताए । नेपाली कांग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको उनको जिकिर छ ।

आफू सरकारमा पुग्नका लागि कांग्रेस संसदलाई बन्धक बनाउन लागि परेको भन्दै पोखरेलले संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको टिप्पणी गरे ।

उनले भने, ‘आज मुलुकमा जुन प्रकारको अस्थिरता छ । राजनीतिक अन्योल छ । आज जुन प्रकारले संसदलाई नेपाली काँग्रेसले अवरोध सिर्जना गर्ने दुष्प्रयत्न गरिरहेको छ । त्यसका पछाडिको कारण ज्यादा अस्थिरता सिर्जना गर्‍यो भने समीकरण भत्काउन सकिन्छ भन्ने हो । र, फेरि आफ्नो सहभागितामा गठबन्धनको राजनीति अघि बढाउन सकिन्छ भन्ने खेलमा नेपाली कांग्रेसले संसदलाई बन्धक बनउन खोजिरहेको छ । कुरा स्पष्ट छ । यस प्रकारको परिस्थिति स्वभाविक रुपमा नेपालको विकास र समृद्धिका लागि बाधक भइसक्यो ।’

महासचिव पोखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै त्यो सामर्थ्य नेकपा एमालेसँग रहेको बताए । मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपपा सथापित गर्नुपर्ने उनको भनाइ छ । अरुको सहाराविना नेकपा एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर