कांग्रेसको नाराबाजीप्रति स्वर्णिमको कटाक्ष- बीपीलाई सम्झिँदै यो लज्जास्पद दृश्यको भर्त्सना गर्छु (भिडिओ) – Nepal Press

कांग्रेसको नाराबाजीप्रति स्वर्णिमको कटाक्ष- बीपीलाई सम्झिँदै यो लज्जास्पद दृश्यको भर्त्सना गर्छु (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सदनमा कांग्रेसले गरिरहेको नाराबाजी औचित्यहीन भएको बताएका छन् ।

कांग्रेस सांसदले नाराबाजीका बीच जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले ६५ वर्ष अगाडि बीपी कोइरालाले स्थापित गरेको मानकलाई आजको अवस्थाले लज्जित बनाएको टिप्पणी गरे ।

सांसद वाग्लेले भने, ‘असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्नुपर्ला जस्तो मलाई लागेको थिएन । ६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, सबैका प्रेरणा, मेरा राजनीतिक आदर्श बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्‍याउनलाई यो लज्जास्पद, औचित्यहीन विरोधप्रति घोर खेद छ ।’

उनले सो अभिव्यक्ति दिइरहँदा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका थिए । केही सांसदले चर्को आवाजमा होहल्ला समेत गरे ।

सभामुख देवराज घिमिरेले समेत विषयवस्तुमा आफ्ना कुरा राख्न उनको ध्यानाकर्षण गराएका थिए ।

वाग्लेले संसदको ओझ र गरिमालाई असान्दर्भिक बनाउने भन्दा पनि सहकारी पीडितको समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, ‘समिति बनाउनका लागि सहमति भइसकेको छ । टीओआरमा नेगोसेसन चल्दा चल्दै विरोध किन ?’


प्रतिक्रिया

One thought on “कांग्रेसको नाराबाजीप्रति स्वर्णिमको कटाक्ष- बीपीलाई सम्झिँदै यो लज्जास्पद दृश्यको भर्त्सना गर्छु (भिडिओ)

  1. दलाल र बाँदर प्रवृत्तिका साँसद नामका दलालहरूलाई युवा तथा होनहार अर्थविद को चोटिले प्रहार । लाज मान दलाल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर