गृहमन्त्रीलाई प्रतिपक्षीको प्रश्न- मुटु छ कि छैन, खुट्टा कमाएको हो ? (भिडिओ) – Nepal Press

गृहमन्त्रीलाई प्रतिपक्षीको प्रश्न- मुटु छ कि छैन, खुट्टा कमाएको हो ? (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलको अवरोध कायमै रह्यो । आजको बैठकमा प्रतिपक्षी दलको तर्फबाट राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुरा राखेका छन् ।

शाहीले सत्ताबाहिर र सत्तामा हुँदा कुरा फेरेको भन्दै गृहमन्त्री रवि लामिछानेको आलोचना गरे ।

गृहमन्त्रीलाई उनको प्रश्न थियो, ‘सहकारी पीडितको बास सडकमा भएको छ । मकै पोलेको र साग बेचेर जम्मा गरेको पैसा हो । अरबपति खरबपतिको रकम होइन हैन गृहमन्त्रीज्यू ! मुटु छ कि छैन डराएको हो, खुट्टा कमाएको हो ।’

 

यसअघि प्रतिपक्षमा हुँदा लामिछानेले जजसको नाम आएको छ छानबिन गरौं गृहमन्त्री प्रधानमन्त्रीले मुटु दह्रो छ ? भनेको उनले स्मरण गरे ।

उनले ज्वाइँले खाता खोलेको र व्यवसाय गरेको विषयलाई लिएर राप्रपा सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको जिकिर गरेका छन् ।

‘गीता बस्नेत न सहकारीको सदस्य न रकम लिएको हो । उहाँलाई पक्राउ पूर्जी जारी हुन्छ । तर, गोरखा मिडियामा संलग्न गृहमन्त्रीलाई किन भएन ? गीता लाई पनि कारबाही हुनुहुँदैन म भन्दिनँ । प्रतिपक्षमा एउटा बोली सत्ता पक्षमा हुँदा अर्को बोली हुनु हुँदैन’, शाहीले भने ।

छानबिन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने नहुने भन्दै उनले समिति बनाउन साथ दिन आग्रह गरे ।

‘पुरानाले गरेनन् भएनन् भनेर हामी उदायका हौं । हाम्रो पनि यस्तै तालले अघि बढ्दैन । छानबिन समिति बनाएर जनतालाई न्याय दिनुपर्‍यो’, सांसद शाहीको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “गृहमन्त्रीलाई प्रतिपक्षीको प्रश्न- मुटु छ कि छैन, खुट्टा कमाएको हो ? (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर