एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर सर्वसम्मत – Nepal Press

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर सर्वसम्मत

रुपन्देही । नेकपा एमाले पाल्पाको १०औं अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन कमिटीका सदस्य डा. हरि भण्डारीका अनुसार अधिवेशनबाट उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जीसी सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनबाट पाल्पामा १०१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ ।

अधिवेशनको उद्घाटन शुक्रबार एमाले महासचिव शंकर पोखरेलले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर