गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश – Nepal Press

गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको प्रकरणमा कुनै उजुरी नपरेको भन्दै पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले रिट दरपीठ गरिदिएपछि भट्टराईले अर्को रिट दिएका थिए ।

बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *