टिकटकका सामग्री हटाउन न्यूजील्याण्ड र अष्ट्रेलियाबाट सबैभन्दा बढी रिक्वेस्ट – Nepal Press

टिकटकका सामग्री हटाउन न्यूजील्याण्ड र अष्ट्रेलियाबाट सबैभन्दा बढी रिक्वेस्ट

काठमाडौं । टिकटक सामाग्रीहरू हटाउनका लागि न्यूजिल्याण्ड र अष्ट्रेलियाबाट सबैभन्दा बढी रिक्वेस्ट आएको छ ।

सन् २०२३ को पहिलो ६ महिनामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले अष्ट्रेलिया र न्यूजील्याण्डबाट सामग्री हटाउनका लागि सबैभन्दा बढी रिक्वेस्ट प्राप्त गरेको ‘द इपोक टाइम्स’ ले उल्लेख गरेको छ ।

सबैभन्दा बढी न्यूजील्याण्डबाट ४७० रिक्वेस्ट र अष्ट्रेलियाबाट २७१ रिक्वेस्ट टिकटकलाई पठाइएको छ । यद्यपि रुषले ७९२ र बंगलादेशले ४७४ ल रिक्वेस्ट टिकटक सामग्रीहरू सेन्सर गर्नका लागि रिक्वेस्ट गरिएको देखाएको छ ।

जनसंख्या र प्रतिव्यक्ति आयको आधारमा अष्ट्रेलिया र न्यूजील्याण्डबाट टिकटक सामग्री हटाउनका लागि बढी रिक्वेस्ट गरिएको छ ।

यता बारम्बार टिकटक प्रतिबन्ध लगाउनका लागि सदनमा समेत कुरा उठाउँदै आएको अमेरिकाले भने, ११ वटा मात्रै नोटिस टिकटकलाई पठाएको देखिन्छ ।

चीन वा म्यानमारबाट भने, कुनै अनुरोध प्राप्त नभएको टिकटकले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर