केदारलाई राजीनामा गर्न भनेपछि सरकारका प्रवक्ताको आक्रोश- उद्धवले भनेका सबै कुरा मान्नु पर्ने ? – Nepal Press
कोशी प्रदेश

केदारलाई राजीनामा गर्न भनेपछि सरकारका प्रवक्ताको आक्रोश- उद्धवले भनेका सबै कुरा मान्नु पर्ने ?

विराटनगर । कोशीमा विशेष अधिवेशन आव्हानलगत्तै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन जरुरी नभएको प्रष्टीकरण दिएका छन् ।

मन्त्री राईले पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीले राजीनामा पनि दिनु नपर्ने जिकिर गरे । विशेष अधिवेशन बोलाएको विषयमा बैठक बसेर प्रदेश प्रमुखसँग सरकारले छलफल गर्ने उनले सुनाए ।

मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिएको सुझावलाई राईले खारेज गरेका छन् । आफूहरूले कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भनेका सबै कुरा मान्न जरुरी नभएको उनको भनाइ छ ।

‘संसदीय दलमा उद्धव थापामात्रै छन् र ! उनले भनेका सबै कुरा मान्नुपर्ने ?’, मन्त्री राईको प्रश्न छ ।

सोमबार एमाले र माओवादीले सरकारमाथिको समर्थन फिर्ता लिएपछि पूर्वमुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता थापाले केदार कार्कीमाथि कम्पनीजस्तो गरेर सरकार चलाएको आरोप लगाएका थिए । थापाको उक्त अभिव्यक्तिलाई लक्षित गर्दै मन्त्री राईले आक्रोश व्यक्त गरेका हुन् ।

सरकारलाई कमजोर बनाउन विपक्षीहरू मिडियामार्फत तर्साउने काममा लागेको उनको आरोप छ ।

एमाले-माओवादीका ५२ जना (एक चौथाइ) भन्दा बढी सांसदको मागबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले वैशाख ६ गतेका लागि विशेष अधिवेशन आव्हान गरिसकेका छन् । विशेष अधिवेशन छल्न मुख्यमन्त्री केदार कार्कीले हतारहतार जेठ ११ गतेलाई बैठक बोलाउन त्यसैदिन सिफारिस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर