सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले गर्‍यो ‘झझी’ आदेश – Nepal Press

सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले गर्‍यो ‘झझी’ आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । न्यायाधीशले झगडिया झिकाउन आदेश दिएका छन् ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सो आदेश गरेको हो । उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमै परेको थियो । झगडिया झिकाउने आदेश गर्दै न्यायधीशले मुद्दालाई प्रक्रियामा लगेका हुन् ।

पुनरावेदन मुद्दामा यदि झगडिया झिकाइनु (झझी) एउटा औपचारिक प्रक्रिया हो । यदि तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा झझीको आदेश गर्ने गर्छन् । यो भनेको मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न भनिएको हो ।

यदि तल्लो तहको अदालतले गरेको फैसला ‘क्लीन’ वा खोटमुक्त देखिएमा झझीको आदेश नहुन पनि सक्छ । यस्तो अवस्थामा जिल्ला अदालतले गरेको आदेश स्वतः सदर भएको मानिन्छ । जसलाई ‘सुरू सदर’ भन्ने गरिन्छ । सन्दीपको मुद्दामा झझी झिकाएर न्यायधीशले सुनवाइ आवश्यक रहेको सन्देश दिएका छन् ।


प्रतिक्रिया

2 thoughts on “सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले गर्‍यो ‘झझी’ आदेश

  1. मुद्दा सन्दिपको पक्षमा फैसला हुनुपर्छ अन्यथा सन्दिपलाइ अन्याय हुनेछ

  2. सन्दीप लामिछानेलाई न्याय मिल्छ भन्ने कुनै दुई मत छैन र मलाई पूर्ण विश्वास छ न्यायालय बाट लामिछानेलाई अब आउने दिनहरुमा पूर्ण रुपमा आफ्नो समय उत्सर्ग गर्न पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर