ह्वाट्सएपमा गरिने पीन र स्टार्रेड म्यासेजमा के फरक छ ? – Nepal Press

ह्वाट्सएपमा गरिने पीन र स्टार्रेड म्यासेजमा के फरक छ ?

काठमाडौं । ह्वाटसएपका प्रयोगकर्ताहरूले ग्रुप, कम्युनिटी अथवा व्यक्तिगत मेसेजमा पिन र स्टार्रेड गरेको देखिन्छ ।

मेसेज पीन गरेको अर्थ र आवश्यकता अधिकांशलाई थाहा नै हुन्छ । तर, मेसेज स्टार्रेड गर्नुको अर्थ र यसको आवश्यकता अधिकांशलाई थाहा हुँदैन ।

सामान्यतया कहीँ कतै जानिबुझी अथवा अनजानमा म्यासेज स्टार्रेड भएको हुन्छ । यसरी मेसेज स्टार्रेट किन र केका लागि गरिएको हुन्छ सायदै कसैलाई थाहा होला ।

च्याटमा धेरै मेसेज गर्दा गर्दै महत्त्वपूर्ण मेसेज अथवा सूचनालाई सबैलाई देखियोस् अथवा सबैले थाहा पाउने गरी राख्नका लागि मेसेजलाई पीन गरिन्छ । मेसेज पिन ग्रुप अथवा कम्युनिटीमा अधिकांश प्रयोग हुन्छ ।

स्टार्रेड कुनै विशेष र महत्त्वपूर्ण मेसेजमा गरिने गरिन्छ । स्टार्रेड गरिएका मेसेज सेटिङ्समा गएर हर्न सकिन्छ । यो प्राय: विशेष र पछि काम लाग्ने मेसेजका लागि प्रयोग हुने गर्दछ । यसलाई बुझ्नका लागि पीन र स्टार्रेडमा के फरक छ त्यसलाई बुझ्नुपर्ने हुन्छ ।

पीन र स्टार्रेड गरेको म्याजेजमा के फरक छ ?

पीन गरिएको मेसेज च्याटको टप अर्थात् सबैभन्दा माथि देखिन्छ । तर, स्टार्रेड मेसेजको सेटिङ्समा रहेको हुन्छ ।

पीन गरेको मेसेज च्याटमा भएका सबैले देख्न सक्छन् भने, स्टार्रेड एउटाले अर्थात् ‘ओन्ली यू’ हुन्छ ।

पीन गरिएको मेसेजलाई एक दिनदेखि ३० दिनसम्मका लागि पनि गर्न मिल्ने हुन्छ । तर, स्टार्रेड गरिएको मेसेज सधैँका लागि रहन्छ । जबसम्म अन स्टार्रेड गरिँदैन ।

ह्वाट्सएपमा तीन वटासम्म मेसेज पीन गर्न मिल्छ भने, स्टार्रेड अनलिमिटेड गर्न मिल्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर