थप परिष्कृत भएर आयो एनसेल एप, यस्ता छन् विशेषता – Nepal Press

थप परिष्कृत भएर आयो एनसेल एप, यस्ता छन् विशेषता

काठमाडौं । एनसेलले आफ्नो एनसेल एप थप परिस्कृत गरी ल्याएको छ । एनसेलले सेल्फ केयर एफको नयाँ भर्सन थप परिस्कृत गरी संचालनमा ल्याएको हो ।

मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विषेशताका कारणहरुले गर्दा नयाँ भर्सन प्रयोग गर्न सजिलो हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा नै उपलब्ध स्थानिय सूचना प्रविधि प्रतिभाहरुमार्फत एपलाई अपडेट गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकहरुले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् । कम्पनीका अनुसार ग्राहकले एपको प्रयोगगर्दा व्यक्तिगतरुपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन् । यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरुको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिन्छ । ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ । र प्रयोगकर्ताले आफ्नो ईच्छा अनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन् ।

नयाँ भर्सनमा प्रयोगकर्ताले सजिलैसँग आफ्नो सेवाहरुको प्रयोग कति भएको, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्ने जनाइएको छ । र आफुलाई मनपर्ने प्याकहरुलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन् । मुख्य मेनुमा पाइने द्रुत पहुँचले ग्राहकहरूलाई प्रायः प्रयोग गरिरहने सुविधाहरूमा सहज रूपमा नेभिगेट गर्न सजिलो बनाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार छोटा वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकका लागि पनि यो एप सहयोगी रहेको छ ।

स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राखेको एनसेलको विश्वास छ । एपले डिजिटल नेपाल भिजनका आकांक्षाहरु हासिल गर्न पनि योगदान पुर्‍याउने विश्वार लिइएको छ ।

त्यसैगरी, सजिलै भ्वाइस र डाटा प्याकहरु लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्र्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुचारु गर्ने लगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरु उपलब्ध छन् । केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै संचालनमा ल्याइएको कर सहित १५० रुपैयाँमा मुल्य सुरु हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर