हिमपातले अवरुद्ध रुकुमपूर्वको रिकाधुरी–क्युबाङ–तकसेरा सडक गाउँपालिकाद्वारा सुचारु – Nepal Press

हिमपातले अवरुद्ध रुकुमपूर्वको रिकाधुरी–क्युबाङ–तकसेरा सडक गाउँपालिकाद्वारा सुचारु

रुपन्देही । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले शहिद मार्ग अन्तर्गत रिकाधुरी क्युबाङ तकसेरा खण्डमा हिमपातले अवरुद्ध सडक सुचारु गरेको छ ।

प्रतिकुल मौसमका कारण देशका विभिन्न ठाउँहरुमा हिमपात भई जनजीवन प्रभावित तथा यातायात सेवासमेत बन्द भइरहेको अवस्थामा सहिद मार्गको रिकाधुरी–क्युबाङ–तकसेरा क्षेत्रमा जमेको हिमपात गाउँपालिकाले हटाई यातायात सुचारु गराएको हो ।

शुक्रबार दिउँसोदेखि गाउँपालिका उपाध्यक्षको नेतृत्वमा खटिएको टोलीलाई सडक सुचारु गर्न करिव ७ घण्टा लागेको थियो ।

सडक सुचारु गर्न गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरी, नेपाल पत्रकार महासंघ रुकुम पूर्व अध्यक्ष मैत्या घर्ती लगायत गाउँपालिकाका कर्मचारी सडक सुचारु गर्न खटिएका थिए ।

हिमपातकै कारण विहीबारदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको र समस्या हल गर्न सम्बन्धित निकायमा सहकार्य भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर