अर्थमन्त्रालयका सहसचिवहरुको सरुवा- आन्तरिक राजश्वमा भुपाल बराल, प्रशासनमा टोकराज
काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले मन्त्रालय अन्तर्गतका सहसचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेका छन् । शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट आन्तरिक राजश्व विगभाको महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर भुपाल बराललाई पठाइएको छ ।
बराल वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाका प्रमुख थिए । बरालको ठाउँमा सहसचिव नारायण रिसाल सरुवा भएका छन् । रिसाल नुवाकोटको सिडिओ र एलडिओ भएर बसेका कारण अर्थमन्त्री महतसँग नजिक भएका हुन् ।
त्यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डे सरुवा भएका छन् । पाण्डेको ठाउँमा भन्सार विभागका सेवन्त पोखरेल सरुवा भएका छन् । भन्सामामा टंक पाण्डेको सरुवा भएको छ ।
त्यस्तै मन्त्री महतले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा महेश आचार्यको सरुवा गरेका छन् । अन्य सहसचिवहरुको जिम्मेवारी भने यथावत छ ।