सुनचाँदी व्यवसायी पक्राउ गरी मुद्दा चलाएको विरोधमा जनकपुरधाम बजार बन्द – Nepal Press

सुनचाँदी व्यवसायी पक्राउ गरी मुद्दा चलाएको विरोधमा जनकपुरधाम बजार बन्द

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले सुनचाँदी व्यवसायीहरुलाई पक्राउ गरी झुटो मुद्दा लगाएको दाबी गर्दै त्यसको विरोधमा बजार बन्द गराएको छ ।

व्यावसायीहरुमाथि मुद्दा लगाउने प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित संघले आज मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय, धनुषामा समेत ज्ञापनपत्र पनि बुझाउन लागेको छ । ज्ञापनपत्र बुझाउनकै लागि आज दिउँसो २ बजेसम्मका लागि संघले बजार, उद्योग र व्यवसायिक प्रतिष्ठान बन्द गर्न आह्वान गरेको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठले प्रहरीको व्यवहारले उद्योगी, व्यवसायी असुरक्षित महसुस भएको बताए । उनले राजश्व छलेको आरोपमा व्यावसायीहरुलाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालय पथलैयामा झुटा मुद्दा लगाएको दाबी गरे ।

उनले भने, ‘प्रहरीको नियत गलत देखिएको छ । उनीहरुमाथि कारबाही हुनुपर्छ । यसका लागि आज मुख्यमन्त्री, प्रदेश प्रहरी प्रमुख र सीडीओलाई ज्ञापनपत्र बुझाउन लागेको छौं ।’

बिल बिजक बिना सुनको अबैध कारोबार गरेको आरोपमा प्रहरीले सुनचाँदी व्यावसायीहरु जनकपुरधामका बलराम साह र अरूण ठाकुर तथा सिरहा मिर्चैयाका अजय शाह सोनार र संजय शाह सोनारलाई पक्राउ गरेको थियो । उनीहरु धरौटीमा रिहा भइसकेका छन् ।

राजश्व अनुसन्धान कार्यालय पथलैयाले बलरामबाट ७ लाख ८० हजार ९७०, अरुणबाट ४ लाख २७ हजार ३२५, सञ्जयबाट ७ लाख ८० हजार ७०८ र अजयबाट ४ लाख २७ हजार ३२५ रुपैया धरौटी लिएर छाडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर