पर्यटन बाेर्डका तीन पदाधिकारीकाे कार्यकाल सकिँदै – Nepal Press

पर्यटन बाेर्डका तीन पदाधिकारीकाे कार्यकाल सकिँदै

काठमाडौं । नेपाल पर्यटन बोर्डका तीन पद यही माघ २२ बाट रिक्त हुने भएको छ । नेपाल पर्यटन बोर्डमा २०७७ माघ २२ मा नियुक्त भएका तीन जनाको पदावधि सकिने भएसँगै पद रिक्त हुने भएको छ । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल र सदस्यहरु कृष्ण शाह र नवाङ निमा शेर्पाको पदावधि सकिन लागेको हो ।

तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालको समयमा नियुक्ति भएका तीनै जनाको पदावधि एकैपटक सकिने भएसँगै नयाँ सदस्य चयनको प्रक्रिया सुरु भएको छ ।

पर्यटन मन्त्रालयस्तरीय निर्णयमा हुने नियुक्तिको लागि तीन सदस्य समिति बनेको छ । हाल नेपाल पर्यटन बोर्डका सदस्यहरु रहेका मिलन देवकोटा र मदन अर्यालको पदावधि भने अझै डेढ बर्ष रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर