प्रधानमन्त्री कार्यालयमा तीन महिनाभित्र ३४ जना कर्मचारी हेरफेर – Nepal Press

प्रधानमन्त्री कार्यालयमा तीन महिनाभित्र ३४ जना कर्मचारी हेरफेर

काठमाडौं । तीन महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिवदेखि श्रेणीविहीनसम्म ३४ जना कर्मचारी हेरफेर भएका छन् । कार्यालयका अनुसार चालू आर्थिक वर्षको कात्तिकदेखि पुससम्ममा राजपत्रांकित प्रथम श्रेणीको सहसचिवदेखि श्रेणीविहीन कार्यालय सहयोगीसम्म ३४ जना कर्मचारी हेरफेर भएका हुन् ।

कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा यस अवधिमा पाँच सहसचिव सरुवा भएर आए भने दुई जना सहसचिव बाहिरिएका छन् । जसमा प्रशासन सेवाका सहसचिव किरण रुपाखेती, ढुण्डीप्रसाद निरौला, नमराज घिमिरे, विपीन आचार्य र कानून सेवाका सहसचिव राजेन्द्र थापा भित्रिएका छन् । प्रशासन सेवाका सहसचिव प्रद्युम्नप्रसाद उपाध्याय र कानून सेवाका सहसचिव अरुणा जोशी बाहिरिएका छन् ।

कार्यालयमा भित्रिएका घिमिरे पूर्वाधार विकास महाशाखा प्रमुखको जिम्मेवारीमा र रुपाखेती शासकीय सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

यस्तै कार्यालयमा प्रशासन सेवाका उपसचिव आनन्द पौडेल सरुवा भएर आउँदा प्रशासन सेवाकै उपसचिव यज्ञ पुरी र कविता फुँयाल सरुवा भएर गएका छन् । कार्यालयका अनुसार नौ शाखा अधिकृत आउँदा चार जना गएका छन् ।

यस्तै पाँच नायब सुब्बा प्रधानमन्त्री कार्यालयमा आउँदा दुई जनामात्रै गएका छन् । कार्यालयका अनुसार दुई कम्प्युटर अपरेटर आउँदा एक जना खरिदार र एक जना कार्यालय सहयोगी सरुवा भएका छन् ।

यस अघि चालू आर्थिक वर्षको पहिलो त्रैमासिक साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ४४ जना कर्मचारी हेरफेर भएका थिए । जसमा सात जना राजपत्रांकित बिशिष्ट श्रेणी अर्थात सचिव हेरफेर हुदाँ दुई जना सहसचिव हेरफेर भएका थिए ।

कार्यालयका अनुसार प्रधानमनत्री कार्याल्यमा चार जना सचिव सरुवा भएर आउदाँ तीन जना सचिव र दुई जना सहसचिव अन्य निकायमा सरुवा भएर गएका थिए । पहिलो त्रैमासिक अवधिमा नै सचिव गोपीकृष्ण खनाल र कार्यालय सहयोगी कृष्णगोविन्द महर्जन अनिवार्य अवकाशमा गएका थिए ।

यसअघि चालू आर्थिक वर्षको पहिलो त्रैमासिक साउनदेखि असोजसम्म ४४ जना कर्मचारी हेरफेर भएका थिए । जसमा सात राजपत्रांकित विशिष्ट श्रेणीका सचिव र दुई जना सहसचिव थिए । कार्यालयका अनुसार चार सचिव सरुवा भएर आउँदा तीन सचिव र दुई जना सहसचिव अन्य निकायमा सरुवा भएका थिए ।

पहिलो त्रैमासिक अवधिमै सचिव गोपीकृष्ण खनाल र कार्यालय सहयोगी कृष्णगोविन्द महर्जन अनिवार्य अवकाशमा गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर