दिनमा कति घण्टा मोबाइल चलाउनुहुन्छ ? यसरी हेर्नुस् आफ्नो ‘स्क्रिन टाइम’ – Nepal Press

दिनमा कति घण्टा मोबाइल चलाउनुहुन्छ ? यसरी हेर्नुस् आफ्नो ‘स्क्रिन टाइम’

काठमाडौं । एक दिनमा एक व्यक्तिले कति समय आफ्नो मोबाइलमा बिताउँछ ? यसको जवाफ कतिपयलाई थाहा नहुन सक्छ ।

कोभिड १९ को महामारीकोबीचमा गरिएको एक अध्ययनले मानिसहरू प्रतिदिन १९ घण्टा मोबाइलमा बिताउने देखाएको थियो ।

‘एक्सपोल्डीङ–टपिक’ ले प्रकाशन गरेको एक लेखका अनुसार सन् २०२३ सम्ममा एक व्यक्तिले औसतमा ३ घण्टा १५ मिनेट मोबाइलमा आफ्नो समय दिने गर्दछ । त्यसमा पनि व्यक्तिले दिनमा औसतमा ५८ पटकसम्म आफ्नो मोबाइलले चेक अर्थात् खोल्ने गर्दछ । उक्त अध्ययनमा सबैभन्दा बढी फिलिपिन्स राष्ट्रका मानिसहरूले एक दिनमा औसतमा ५ घण्टा ४७ मिनेट मोबाइल चलाउने गर्दछन् ।

हामी सबैले मोबाइल चलाउँछौ तर, कति समय मोबाइल चलायौ भनेर हेर्ने गर्दनौ । आफूले मोबाइलमा बिताएको समयलाई नहेर्दा मानिसहरूलाई समयको महत्त्व र ख्याल हुँदैन ।

प्रविधिमा भएको विकाससँगै मानिसहरूको दैनिकी पनि प्रविधिसँगै अगाडी बढिरहेको छ । मानिसको जनजीवन पनि सहज बनाइएको छ । तर, प्रविधिसँग अत्यधिक जोडिनु हानिकारक पनि हुन सक्छ ।

एक व्यक्तिले एक दिनमा आफ्नो मोबाइल कति पटक खोल्ने गर्छ ?, कति पटक कुन एप्लिकेसन चलाउँछ र कति समय के हेर्नमा दिने गर्दछ ? यसको बारेमा अधिकांशलाई थाहा हुँदैन । तर, आफूले मोबाइलमा बिताएको समय हेरेर समयलाई व्यवस्थित गर्न सकिन्छ ।

यसरी हेर्नुहोस् आफ्नो ‘मोबाइल स्क्रिन टाइम’

पहिले आफ्नो मोबाइलको सेटिङसमा जानुपर्ने हुन्छ ।

त्यसपछि मोबाइल सेटिङसमा गइसकेपछि ‘डिजिटल वेलविङ एण्ड पेरेन्टियल कन्ट्रोल्स’ खोज्नुहोस् ।

अथवा सेटिङसमा रहेको सर्च बारमा गएर सर्च गरेर पनि खोज्न सकिन्छ ।

‘डिजिटल वेलविङ एण्ड पेरेन्टियल कन्ट्रोल्स’ मा ट्याप गरेर चर्टमा आफूले मोबाइल चलाएको वृत्तान्त हेर्न सकिन्छ ।

आईफोनमा भने, सेटिङसको स्क्रिन टाइमबाटै हेर्न सकिन्छ ।

‘मोबाइल स्क्रिन टाइम’ बाट आफूले कति पटक मोबाइल खोले, मोबाइलमा कुन एप्लिकेसन कति समय चलेको छ र कति पटक कुन एप्लिकेसन खुलाइएको छ सबै हेर्न सकिन्छ ।

यसरी आफ्नो मोबाइलमा बिताएको समय हेरेर आफ्नो बानी सुधार गर्न सकिन्छ । एक परिपक्व व्यक्ति अर्थात् १८ वर्ष उमेरभन्दा माथिको व्यक्तिले ६ घण्टासम्म आफ्नो मोबाइलमा समय बिताउनु अति जोखिमपूर्ण र डिप्रेसनको सिकार हुनसक्ने ‘रिड हेल्थ’ को अध्ययनले देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर